प्रधानमन्त्री ओली र देउवाको भेटवार्ता,अप्ठ्या,रोमा ओली

२४ बैशाख,काठमाडौं – सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्ने गरी राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आफूविरु,द्ध मोर्चाबन्दी भएपछि अप्ठ्या,रोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधुपमा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरुसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको छ । परराष्ट्रमन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरुसँग छलफल गर्ने निर्णय भएको बताए । नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसदमा आगामी वैशाख २७ गते विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको ओली सरकार माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको छ ।

स्थायी कमिटी बैठकले विश्वासको मतका लागि दलहरुसँगको छलफल अझै संघन रुपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।आगामी जेठ ६ गते हुने बाग्मती प्रदेशतर्फको राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी छलफल अघि बढाउने निर्णय समेत बैठकले गरेको ज्ञवालीले बताए ।‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने १ जना राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी, एमालेको जित सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय भएको छ,’ ज्ञवालीले भने, ‘उम्मेदवारको हकमा हामी छिट्टै निर्णय गर्छौं । विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेको छ । त्यसलाई अझै सघन ढंगले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।’

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधवार भेटेका थिए । एमाले नेतासहित देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी ९जसपा० नेता समेत भेट्ने कार्यक्रम रहेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली पक्ष तनावमा रहेको छ ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निश्चित गरेको ओली पक्षले अहिले कसलाई उम्मेदवार बनाउने अलमलमा रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

Leave a Reply