लोकप्रिय गायिका शर्मिला गुरुङ बाल गायक रमित बिश्वकर्माको स्वरमा कारुणिक गित”दैला माथि फोटो”सार्वजनिक(भिडियो)

काठमाडौं-जय नेपाल फिल्मस् को प्रस्तुतिमा बहुचर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ र बाल गायक रमित बिश्वकर्माको आवाजमा रहेको लोक दोहोरी गीत “दैला माथि फोटो” गत सोमबार मात्रै सार्वजनिक भएको छ । ईश्वर बाबुको लय तथा शब्द सृजनामा रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री स्टुडियोमा रेकर्ड भएको गीतको अडियो मिक्सिङ तथा मास्टरिङ खड्क बाजुरालीले गरेका हुन ।

बिनोद भण्डारीको उत्कृष्ट निर्देशनमा करण चैसिरले छायांकन गरेका छन भने गीतको म्युजिक भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका हुन । भिडियोको सम्पूर्ण छायांकनको काम बाग्लुङ को सुन्दर नगरी ताराखोला भुस्कातमा भएको हो । भिडियोमा ईश्वर बाबू र साया भण्डारीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । जय नेपाल फिल्मस्को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । हेर्नुहोस भिडियो :

Leave a Reply