मृ,त्यु पश्चात कोरोना सर्दैन तर सावधान अपनाउनुहोस

२३ बैशाख,काठमाडौं- कोभिड(१९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ । त्यस बेला उनीहरूको मृ,त्युमा शो,क व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन्। ती दृश्यहरूले केवल मृ,त्युको मात्र होइन मृ,तकसँग पनि त्रास पैदा गरिरहेका छन्। त्यसले पोस्टमोर्टमबाट रोग फैलन सक्ने आश,ङ्का र सङ्क्रमितको शरीरबाट भाइ,रस सर्न सक्ने सम्भावनाको डर पैदा गरिदिएको छ। विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०का अनुसार यदि आवश्यक साव,धानी अपना,इएको छ भने मृत,कको शरीरबाट कोभिड(१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन। यो रोग लगाउने सार्स(कोभ(२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा र्याल जस्ता कुराका छिटाहरूबाट सर्छ। बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन्। अनि कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन्।

आजका दिनसम्म मृ,तकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन,ु एप्रिल २०२० मा एउटा पत्रकार सम्मेलनमा पान–अमेरिकन हेल्थ अर्गनाइजेशनका एक प्रवक्ता विलियम अडुक्रोले भनेका थिए। ुत्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ। तपाईँ मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ। हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ,ु उनले भने। डब्ल्यूएचओले २०२० मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका ज्वरोहरू ९इबोलाजस्ता० र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख छ।

त्यसमा भनिएको छ, ुयदि महामारीयुक्त इन्फ्लूएन्जा भएर मृ,त्यु भएकाहरूको फोक्सोलाई चिर,फारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्न सक्छ। अन्यथा शवबाट रोग सर्दैन।ु तर कडा खाले श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन्। चिर,फारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन्। त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन्।

कोभिड(१९ लागेर ज्यान गएकाहरूका मृत,कका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने श,व गाड्ने वा जलाउने कार्य सुरक्षित रूपमा व्यावसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ।केही स्थानमा कोभिड(१९ का कारण लगातार मृत,कको सङ्ख्या बढ्दा अन्तिम संस्कारमा सङ्कट पैदा भएको छ।सामाजिक दूरी कामय गर्नुपर्ने भएकाले कैयौँ देशहरूमा अन्तिम संस्कार बन्द गरिएको छ। अन्यत्र अनुमति त दिइएका छन् तर सीमित सङ्ख्यामा मात्र मानिसहरू सहभागी हुन पाउँछन्।

Leave a Reply