१४ वर्षीया बालिकालाई पेट्रोल छर्किएर लगाईयो आगो,युवा फरार,यस्तो छ अवस्था

२२ बैशाख,काठमाडौं-कोरोनाको माहामारी एकातिर छदै छ अर्को तिर समाजमा जघन्या अपराध पनि बढीरहेका छन् । बाजुराको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा १४ वर्षीया बालिकालाई तीन युवाहरुको समूहले पेट्रोल छर्किएर आगो लगाइ घा,इते बनाएको छ । घट,नापछि तीनै जना युवाहरु फरार रहेको प्रहरीले जनाएको छ । सोही नगरपालिका–८ कालापानीका सुमन गिरीसहित तीन जनाले बैशाख १९ गते राति ती बालिकामाथि पेट्रोल छर्कि,एर आगो लगाएको प्रहरीको अनुस,न्धानबाट खुलेको छ । आ,गो लगाउने क्रममा बालिकाको शरीरका कपडा जले,का छन् भने उनी घा,इते भएकी छन् ।

त्रिवेणी नगरपालिका–८ पन्तालीकी पीडित बालिकाको अहिले जिल्ला अस्पताल बाजुरा ल्याइ उपचार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराका अनुसार आगो लागेर बालिका सख्त घा,इते भएकी छन् । साथै घट,नापछि फरार युवाहरुलाई प्रहरीले खोजी जारी रहेको बताइएको छ । अन्नपूर्ण पोष्टमा यो समाचार लेखिएको छ ।

राति गाउँमा बिहे हेर्न गएको समयमा बालिकालाई पेट्रोल छर्की आगो लगाएको प्रहरीको अनु,सन्धानबाट खुलेको छ । गिरीसहित तीनैजनालाई प,क्राउ गरी मुलुकी अपराध संहिता १९२ को ‘क’अनुसार मुद्दा चलाउने पनि प्रहरी प्रमुख महराले बताए ।

Leave a Reply