दु:खद खबर ! झ्याल-ढोका बन्द गरेर कोइला बाल्दा दिदीको मृ,त्यु, आमा र सुत्केरी बहिनी बे!होस

काठमाडौ । बढिरहेको कोरोना संक्रमण संगै अनेक प्रकारका घटना बाहिरिन थालेका छन् । भक्तपुरमा झ्याल ढोका बन्द गरेर कोइला बारेर सुत्केरी सेकेका परिवारका एक जनाको मृ,त्यु भएको छ भने दुई जनालाई वे,होस अवस्थामा अस्पताल लगिएको छ । झ्याल फोरेर दुई जनालाई अस्पताल लगिएको हो । काभ्रे तिमाल गाउँपालिका९३ की २२ वर्षीया सुनिता तामाङको मृ,त्यु भएको छ भने उनको आमा र बहिनीलाई अस्पताल भर्ना गरिएको छ । सुनिताको बहिनी अनिता सोही दिन सुत्केरी भएको र उनलाई सेक्न कोइला बालेको प्रहरीले प्रारम्भिक अनुस,न्धानवाट खुलेको जनाएको छ । सुनिता भक्तपुर सूर्यविनायक(१० मिलन चोकमा आमासँगै डेरामा बस्दै आएकी थिइन्।

त्यो दिन सुत्केरी भएकी बहिनी पनि कोठामा थिइन् । आमा ४० वर्षीया शान्तिमाया तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। शान्तिमायाका श्रीमान सलाम तामाङ राति कोठामा पुग्दा ढोका बन्द देखेपछि उनले झ्यालवाट हेर्दा तीन जनानै कोठमा लडेको अवस्थामा देखेका थिए ।

त्यसपछि उनले स्थानियलाई बोलाएर आइतबार राति ११ बजे घरको झ्याल९ढोकाको चुकुल फोडेर उनीहरूलाई निकालिएको थियो। प्रहरीलाई राती नै खबर पुगेको थियो । अनिताले जन्माएको बच्चा त्यसै दिन भान्जा सोनामको साथी जेम्स कुसुलेको जेठान दाइ र दिदीलाई पालनपोषणको लागि जिम्मा दिएको प्रहरीले जनाएको छ।

सुनिता र घा,इते अनिताको वैवाहिक सम्बन्ध राम्रो नरहेकोले आमासँग बस्दै आएका थिए । श्रीमानसंग सम्बन्ध राम्रो नभएकैले बच्चा जन्मिदासाथ अरुलाई पाल्न जिम्मा दिएको प्रहरी अनुस,न्धानवाट खुलेको छ ।

Leave a Reply