शिव बिकको निर्देशन राजेन्द्र बजगाई र कबिता शिवाकोटीको स्वरमा‘तिते करेला’सार्वजनिक(भिडियो)

काठमाडौं गायक संगीतकार तथा सर्जक राजेन्द्र बजगाईको नयाँ गीत ‘तिते करेला’गीतको भिडियोसहित सार्वजनिक भएको छ। राजेन्द्र बजगाईको संगीतबद्ध तथा एरेन्जमा तयार भएको यो गीतको शब्द सृजना धनसिंह गिरीले गरेका हुन् भने यो गितमा राजेन्द्र बजगाई र कबिता शिवाकोटीको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी,नम्रता सपकोटा,अस्मिता लामिछाने,नयन सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई कुशल निर्देशक शिव बिकले निर्देशन गरेका हुन् अर्जुन तिवारीको छायांकन गरेका छन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । संगीतकार बजागाई भन्नुहुन्छ पहिलेका गित सृजना जसरी नै यो गीतबाट दर्शक श्रोताको साथ पाउनेछु भन्नेमा आशावादी छु। लोकपप मेलोडीमा रहेको यो गीत र यसको भिडियो अहिलेको चलनचल्ती अनुसार तयार गरिएको छ’, उनले भने,। यो गीतको म्युजिक भिडियो एस थ्रीके ईन्टरटेनमेन्टको अफिसियल युतुब च्यानलबाट सार्वजनिक रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply