पुर्व धरान २ “मुटुकी टुकुरी”युटुब ट्रेडिङमा,चौतर्फी चर्चा(भिडियो)

काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा रायमाझी परिवार हरीमाया रायमाझी, विशाल रायमाझी, सर्मिला रायमाझी र दिपेन थापाको आवाज पुर्व धरान २ “मुटुकी टुकुरी”सार्वजनिक भएको छ । बिगत लामो समय देखि नेपालि गित संगीतमा संघर्ष गर्दै आएका सर्जक लाईभ दोहोरि गायक बिशाल रायमाझीको गीतमा शब्द तथा संगीत रहेको छ भने संगीत एरेन्ज बिश्वास नेपालले गरेका छन् । म्युजिक भिडियो निकै नै उत्कृष्ट भएको छ । सामाजिक संजालमा निकै निया लोकप्रिय बन्दै गएको गित १ लाख भन्दा बढी दर्शक स्रोताको नजरमा परिसकेको छ । अझै भन्दा युटुब ट्रेडिङमा आईसकेको छ । यो समाचार तयार पार्दासम्म युटुब ट्रेडिङको ४३ नम्बरमा रहेको छ ।

राजकुमार मगरको निर्देशन रहेको भिडियोमा छायांकन प्रकाश खड्का गरेका हुन । गितको भिडियोमा अभिनय एलीना रायमाझी, अल्फाज शाह, योगज्योती कृयाशील, श्रीया थापा, सङ्मु तामाङ, हिमेस मगर,श्रीजना खनाल, सन्ध्या छेत्री, यसोदा लम्साल, मिलन भुसाल र विशाल छेत्री लगायतका कलाकारको अभिनय रहेको छ भने भिडियो सम्पादन राजकुमार मगरले गर्नुभएको हो ।

म्युजिक भिडियो बिशाल रायमाझीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply