काठमाडौं उपत्यकामा २४ सय ७५ जनामा कोरोना भाइरस पोजेटिभ

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४ सय ७५ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यका तीन जिल्लामध्ये काठमाडौंमा १९ सय ३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ गरेर २४ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर गरेर अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ५ हजार ७६३ जनामा सं,क्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै उच्च भएको मन्त्रालयले जनाएको छ। शुक्रबार ५ हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको थियो । यसअघि कोरोना संक्रमणको अघिल्लो लहरमा नेपालमा २४ घण्टामा सर्वाधिक ५ हजार ७४३ जनामा संक्र,मण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो । शनिबार पाँच हजार ७६३ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्र,मितको संख्या ४३ हजार २१३ पुगेको छ। कुल संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुग्दा दुई लाख ८२ हजार ३८२ जना डिस्चार्ज भएका छन् ।

शनिबार १९ जनाको मृ,त्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २९८ पुगेको छ। अहिले क्वारेन्टाइनमा ६७ जना रहेका छन् । २४ घण्टामा संक्रमित भएकामध्ये ३२ सय ५१ पुरुष र २४ सय ५५ महिला रहेका छन्। यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका छन् । संक्र,मितमध्ये ४०१ आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ ।

Leave a Reply