सरकारले गर्यो यस्तो निर्णय ! आन्तरिक र बाह्य हवाइ उडान बन्द

काठमाडौं – दिनानु दिन झन् जटिल रुपमा कोरोना फैलिरहदा आन्तरिक र बाह्य हवाइ उडान बन्द गर्ने निष्कर्षमा सरकार पुगेको छ । सरकारले गठन गरेको कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले कोरोना भाइरसबाट अतिप्रभावित १० देशबाट नेपालसँग हुने सिधा अन्तर्राष्ट्रिय हवाइ उडानमा रोक लगाउन मन्त्रिपरिषद् कार्यालयलाई सिफारिस गरेको छ ।मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि सीसीएमसीको सिफारिस कार्यान्वयन हुनेछ ।

सीसीएमसीको हिजो शुक्रवार साँझ बसेको बैठकले मुलुकभित्र कोरोना भाइरसको संक्रमण भयावहरूपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान पनि बन्द गर्न सिफारिस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोरोनाबाट अतिप्रभावित मुलुकहरू भारत, अमेरिका, बेलायत लगायतका १० देशबाट हुने उद्गमस्थलको उडानलाई रोक लगाउन सीसीएमसीबाट सिफारिस गरिएको छ । मन्त्री ढकालले ट्रान्जिट हुँदै आउने विमानमा नियम लागू नहुने बताएका छन् ।

‘आन्तरिक उडान समेत बन्द गरौं भन्ने प्रस्ताव भएको छ । परिस्थिति भयावह भएको निष्कर्ष रह्यो,’ मन्त्री ढकालले भनेका छन् । बैठकले भारतसँगका २२ सीमा नाका बन्द गर्न समेत मन्त्रिपरिषद् कार्यालयमा सिफारिस गरेको जनाइएको छ ।

Leave a Reply