शिशिर भण्डारीको ‘फोटो फिरिममा २’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुब ट्रेडिङ टप ५ भित्र(भिडियो)

३ वैशाख,काठमाडौं । कलाकार शिशिर भण्डारीले आफ्नो आधिकारिक युटुब च्यानल नया नया न्युज नेपालबाट ‘फोटो फिरिममा २’ सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको २४ घण्टा नपुग्दै चौतर्फी चर्चासंगै युटुब ट्रेडिङमा आएको छ । यो न्युज तयार पार्दासम्म ट्रेडिङ ४ मा आएको छ भने ४ लाखको हाराहारी दर्शक स्रोताको नजरमा परिसकेको छ ।

शिशिर भण्डारीकै शब्द तथा संगीत रहेको ‘फोटो फिरिमा रुमाल चिनो छ’बोलको गीतमा प्रताप दास,कुमार अभि र रचना रिमालको आवाज रहेको छ भने एरेन्ज बिशाल निरौला गरेका छन् । सांगीतिक जगतमा दर्शकहरुले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा  २ ’को सिक्वेल कहिले आउछ भनेर दर्शकहरु पर्खाईमा थिए तर अब दर्शको कौतुहलता मेटिएको छ । ‘फोटो फिरिममा’को भिडियोमा माया, विश्वास र घातको एउटा कथालाई निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको थियो र त्यस कथाको अन्त्या भने भएको थिएन ।

शिशिर भण्डारीको परिकल्पना तथा निर्देशनमा तयार भएको म्युजिक भिडियो सहनिर्देशन भने सन्तोष राज बाहकले गरेका छन । म्युजिक भिडियोमा आकाश श्रेष्ठ अथिति कलाकारको रुपमा देखिएका छन् भने सुरक्षा जिसी नव कलाकारमा देखा परेका छन् । शिशिर भण्डारीको मुख्या अभिनय रहेको म्युजिक भिडियोमा रिस्ता बस्नेत,जुना सुन्दास,प्रकाश रामदाम,बसन्त भण्डारी,श्रद्धा गौतम,पुजा गौतम,सरु गौतम,एलिना कार्की,शुसन गौतम,लक्ष्मण राज अधिकारी,अबिनाश गौतम र निक शर्माको कारुणिक अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको म्युजिक भिडियो दर्जनौ दर्जन म्युजिक भिडियो सम्पादन गरि लोकप्रिय सम्पादक दिन्सन शाहले म्युजिक भिडियो सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस :

Leave a Reply