प्रचण्डसँग गोप्य भेटपछि माधव नेपाल गरे यस्तो घोषणा

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीवि*रुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । पार्टी केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कार*बाही गरिएकोमा आक्रोशित बनेका नेता नेपालले ओलीविरु*द्ध देशव्यापी रुपमा उत्रिन कार्यकर्तालाई आह्वान समेत गरेका छन् । नेता नेपालले ओली आफंैले विघ*टन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै ओलीलाई कार*बाही गर्ने अधिकार नभएको जिकिर गरे । केन्द्रीय कमिटी आफैं भंग गर्ने र महाधिवेशन आयोजक कमिटी बनाउनेलाई कार*बाही गर्ने अधिकार नहुने उनले बताएका छन् ।

ओलीको पार्टी हित विपरीतका गतिविधिविरु*द्ध देशव्यापी अभियान सञ्चालन गर्ने नेपालले बताएका छन् । संगठनलाई सशक्त बनाउँदै ओलीविरु*द्ध देशव्यापी अभियान सञ्चालन हुने बताउँदै नेपालले त्यसका लागि नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन् । अर्का नेता भीम रावलले ओलीको कारबाहीलाई निरंकुश र स्वेच्छाचारीताको संज्ञा दिएका छन् । नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि रावलले सामाजिक सञ्जालमार्फत् कारबाही खारेजीको माग समेत गरेका छन् ।

‘देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको सो निर्णयको भत्र्सना गर्दैै पूर्ण रुपमा अ*स्वीकार गर्दछु,’ रावलले भने । एमालेका नेता शंकर पोखरेलले कारबाही घट*नापछि प्रतिक्रिया दिँदै विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्था ख्याल गर्ने हो भने कोही पनि उद्येलित हुनु नपर्ने बताएका छन् । पोखरेलले अनुशासनले पार्टी र सबैको हित हुने बताएका छन् ।

यसैबीच, नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमवार भेटघाट भएको छ । २ नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो । कोटेश्वरमा भएको छलफलमा एमाले नेता भीम रावल र माओवादी नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेका थिए । सोमवार नै नेता नेपाल र रावललाई कार*बाही गरिएपछि दुबै नेताबीच भएको छलफल अर्थपूर्ण रुपमा हेरिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

Leave a Reply