बिक्रम चौहानको निर्देशन स्मारिका स्मारिका,डिमोन र रोनीको अभिनयमा”बनमा बयर”सार्वजनिक

काठमाडौं । नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला गायक गायिका पनि नेपालि सांगीतिक बजारमा उत्तिकै प्रवेश गर्नेको घुईचो बढिरहेको बेला सबिन चौहान र लोकप्रिय हास्य कलाकार काउली बुढी सन्ध्या बुढाको स्वरमा”बनमा बयर”सार्वजनिक भएको छ । डिपी खनाल शब्द तथा शंकर थापाको संगित रहेको छ ।

नेपाली सांगीतिक क्षेत्र भित्र आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल निर्देशक बिक्रम चौहानले म्युजिक भिडियो निर्देशन गरेका छन् । बिक्रम चौहान बिगत लामो समय देखि यसै क्षेत्रमा संघर्ष गर्दै आईरहेका छन् । बिभिन्न विधाका गितलाई फरक तरिकाले निर्देशन गर्न माहिर चौहान अभिनय गर्न पनि उत्तिकै सिपालु रहेका छन् । दर्जनौ गीतमा अभिनयसमेत गरेका चौहानले निर्देशन गरेका कतिपय म्युजिक भिडियो निकै नै लोकप्रिय बनेका छन् अझै भन्दा करोड क्लबमा समेत प्रवेश गरिसकेका छन् । तारिफ गर्न योग्य चौहान निकै नै ईमान्दार र लगनशील छन् ।

अजय रेग्मीको टिमले छायाकन गरेको म्युजिक भिडियो मिलन बिकले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा पछिल्लो समय निकै नै लोकप्रियता कमाएकी मोडल स्मारिका समारिका ढकाल,डिमोन छेत्री र रोनीको अभिनय रहेको छ भने साथमा बालकलाकार स्नेहा चौलागाई र सर्भाग्या केसीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply