“हल्का रमाईलो”टिमको नयाँ हास्य टेलिसिरियल”जुठे”को पहिलो भाग युटुब ट्रेडिङमा प्रवेश

काठमाडौं – हास्य टेलिसिरियल ‘मेरी बास्सै’देखि टेलिसिरियल ‘हल्का रमाइलो’का साथ दर्शकमाझ निकै नै लोकप्रियता कमाई रहेका राजु पौडेल”राजु मास्टर”मरिचमान श्रेष्ठ”बल्छी ध्रुबे”को लेखन तथा निर्देशनमा फेरी लाखौ करोडौ नेपालि दर्शक स्रोताका माझ“जुठे”नामक नयाँ हास्य टेलिसिरियल सार्वजनिक गरेका छन् । जुठे हास्य टेलिसिरियल पहिलो भाग प्रसारण भएसँगै सार्वजनिक भएको २४ घण्टा नपुग्दै चौतफी चर्चा चुलिएको छ अझै भन्ने हो भने युटुब ट्रेडिङ १६ मा आईसकेको छ भने १ लाख भन्दा बढी दर्शक स्रोताको नजरमा परिसकेको छ । ‘जुठे’को पहिलो भागमा ग्रामिण परिवेशलाई समेटिनुका साथै समाजमा घटे!का घ,ट्ने गरेका तिता मिठा बिषयबस्तुलाई समेटेका छन् ।

टेलिसिरियलमा सामाजिक कुरी!तिहरुलाई जस्ताको तस्तै दर्शकमाझ प्रस्तुत गरिने ‘हल्का रमाइलो’ तथा जुठे टेलिसिरियलका लेखक तथा निर्देशक राजु पौडेल राजु मास्टरले बताएका छन् । चैत्र ४ गतेदेखि बुधबार राति ८ः०० बजे हिमालयन टेलिभिजनबाट प्रसारण हुनेछ भने ९ बजे राजु मास्टर टिभी युटुब च्यानलबाट सार्वजनिक हुने छ । निर्माण पक्षले टेलिसिरियलबारे सल्लाह र सुझावको अपेक्षा राखेका छ ।

राजु पौडेल”राजु मास्टर”मरिचमान श्रेष्ठ”बल्छी ध्रुबे”को मुख्या भूमिका रहेको छ भने यस टेलीसिरेलमा रबि गिरि,बिध्या कार्की,रामबाबु रेग्मी,मुकुन्द मैनाली,शर्मिला शर्मा,युनिषा ढुंगाना,शोबिनिका बास्तोला,रुकमिला अधिकारि,दिपेन्द्र तिमिल्सिना,गोकुल बिसी लगायतका कलाकारहरु रहेका छन् । हार्दिक बधाई अनि शुभकामना ।

Leave a Reply