जिप दुर्घ!टना हुँदा ४ जनाको मृ,त्यु, ७ जना घा!इते,यस्तो छ अवस्था

४ चैत, काठमाडौं । सिन्धुलीमा जिप दुर्घ,टना हुँदा ४ जनाको मृ,त्यु भएको छ, ७ जना घा,इते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल ख,स्दा ४ जनाको घट,नास्थलमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । मृ,त्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृ,त्यु भएको प्रहरीले बताएको छ ।

चालक भोजबिक्रम थापासहित सबै घा,इतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको डीएसपी लामाले जानकारी दिए । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप आफैं अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुस,न्धानबाट देखिएको लामाको भनाइ छ । जिपमा ११ जना सवार थिए ।

Leave a Reply