छिटै आन्तरिक हवाइ उडान खुलाउने तयारी गर्दै सरकार

काठमाडौं – कोरोनाभाइ’रस स’क्रम’णको जो’खिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको बिशेष स्रोतले बताएको छ ।

वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो ।’संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना सं’क्रम’णको अवस्था र छिमेकी मुलुकहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताए ।

भारतसँग खुला सीमानाका जोडिएकाले सं’क्रम’णको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोनाभा’इरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुचारु कहिले गर्ने भन्ने विषय निक्र्यौल गर्ने उनले बताए ।

उनले भने, ‘वैशाख १८ गतेपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ। सं’क्रमि’तको संख्या, छिमेकी मुलुकको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने र नखोल्ने निर्णय गर्छौँ । हतारिएका छैनौँ । मुख्य कुरा कोरोना भा’इर’स नि’यन्त्रण गर्ने हो।’’

कोरोना भा’इर’सको सं’क्रम’ण बढ्दै गएपछि सरकारले गत चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ सम्म आन्तरिक तथा बाह्य उडानहरु स्थगित गर्ने निर्णय गरेको थियो ।

Leave a Reply