राजेन्द्र शाह बिपीको शब्द सृजना रहेको देउडा गित”बेसार्या साली”TikTok मा एकाएक भाईरल(भिडियो)

काठमाडौं( नेपालि गित संगीतको जगतमा एक पछी अर्को गित बजारमा सार्वजनिक गर्दै आएका राजेन्द्र शाह बिपीले गीतकारका रुपमा बेग्लै स्थान बनाएका छन्, खासगरी सुदूरपश्चिमको मौलिक देउडा गीतमा एक क्षत्र राज गरेका छन् भन्दा फरक पर्दैन होला । दर्जनौ दर्जन गितमा संगीत तथा शब्द कोरिसकेका बिपिका दर्जनौ गित लोकप्रिय बनेका छन् यसै मध्येका ‘डाँफ्या हिमालैमा‘,बास बसन्ती न्याउला, सेती महाकाली, ढल्क्यो जोवन, हिरालाल जोखौंकी, ‘यो अछामी बड्डो,परेलीमै आँसु सुक्न देउ, मान्छेको परानी, अनन्तेका मेला, चर्न बखरी गै, देशको दशालगायत थुप्रै गित निकै नै लोकप्रिय बनेका छन् ।

यसै सन्दर्भमा बिपीको लय तथा शब्द संगितमा संगिता शाहा र बिनोद न्यौपानेको स्वरमा मौलिक देउडा गित”बेसार्या साली”बोलको गित खप्तड डिजिटल म्युजिक प्रा।लिको अफिसियल युटुबबाट सार्वजनिक गरेका छन् ।

बिनोद बाजुरेलीले एरेन्ज गरेको गीतको म्युजिक भिडियो निर्देशक भिम थापाले निर्देशन गरेका हुन् भने डिबी रौलेले सम्पादन गरेका छन् । प्रविन रश्मी मगरले सम्पादन गरेको म्युजिक भिडियोमा युवा पुस्तामा निकै नै लोकप्रिय बनेका हास्यकलाकार मनिष खडका र झरना बोहोराको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply