“भगेरी”गित गाएर करोडौं दर्शकको मन जितेका तेजश रेग्मी र सलिना अधिकारीको स्वरमा”मुटु फिर्ता”सार्वजनिक(भिडियो)

काठमाडौं । नेपालि गित संगीतको दुनियामा एक पछी अर्को गित बजारमा आउने क्रममा लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मी र सलिना अधिकारीको स्वरमा फरक तथा नयाँ गित”मुटु फिर्ता”बोलको गित सार्वजनिक भएको छ । नेपालि गित संगीतमा दर्जनौ गित बजारमा ल्याईसकेका गायक तथा सर्जक तेजश रेग्मीको स्वरमा रहेको”भगेरी”गित करोड क्लब पार गरिसकेको छ । रेग्मीका कतिपय गित निकै नै लोकप्रिय बनेका छन् । आशा छ यो गित पनि निकै नै लोकप्रिय हुने छ ।

यो गीतमा पनि तेजश रेग्मीको शब्द तथा संगीत रहेको छ । शिब बिकको निर्देशन रहेको गीतको म्युजिक भिडियो दिपक गिरीले छायांकन गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा पछिल्लो समय निकै नै लोकप्रिय रहेका मोडल लोमश शर्मा,तेजश रेग्मी र पवित्रा काफ्लेको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ”

Leave a Reply

You may have missed