सिडी विजय अधिकारी र प्रविशा अधिकारीको स्वर रहेको बहुप्रतिक्षित गित“दुरी मजबुरी”को चौतर्फी चर्चा,ट्रेडिङ २ मा(भिडियो)

काठमाडौं । पोखराका सिडी विजय अधिकरी पहिले देखि नै गित संगीतमा लागे पनि “द भ्वाइस”बाट भने उनको परिचय फेरिएको हो । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को पहिलो उपाधी जितेका उनै सीडी विजय अधिकारीले नेपाली सांगीतिक क्षेत्रका हरेक गितमा स्वर दिई सकेका छन् । बिगत लामो समय देखि गित सांगीतिक क्षेत्रमा भिजेका सिडी विजय अधिकारि लामो संघर्ष पछी यतिबेला सबैको मन मुटुमा बसेका छन् ।

गित संगीतको लामो साधना पछी यतिबेला सांगीतिक बजारमा एनेक्समक्स म्युजिक प्रोडक्सन टिमले सृजना गरेको बिश्वभरी नै लोकप्रिय ट्युनमा म्युजिक भिडियो बहुप्रतिक्षित गित “दुरी मजबुरी” ईनाक्षी ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

गायक सिडी विजय अधिकारीको उत्कृष्ट शब्द रचना तथा संगित रहेको गितमा स्वयम आफै सिडी विजय अधिकारि र प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ । गीतको यतिबेला चौतर्फी चर्चा चुलिएको छ भने ६ लाख भन्दा माथि दर्शक स्रोताका नजरमा परिसकेको गीत युटुब ट्रेडिङ २ मा आईसकेको छ । भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरेको गीतको म्युजिक भिडियो उत्तम श्रेष्ठ‘शिशिर’ले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा पछिल्लो समय नेपालि सांगीतिक जगतमा निकै नै लोकप्रिय युवा मोडल सुधीर श्रेष्ठ र अशु न्यौपाने साथमा अग्रज लोकप्रिय कलाकारहरु सरोज खनाल, रश्मी भट्ट,उत्तम श्रेष्ठ समेत देखिएका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेको म्युजिक भिडियो कोरियोग्राफीमा सन्तोष राजबहाक गरेका हुन् भने सम्पादनमा अमृत चापागाई गरेका हुन् ।
हेर्नुहोस भिडियो :

Leave a Reply

You may have missed