सेयर बजारको ऐतिहासिक रेकर्ड

काठमाडौं – सेयर बजारले आइतबार अहिलेसम्मकै ऐतिहासिक रेकर्ड हासिल गरेपछि नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले लगानीकर्तालाई शुभकामना दिएको छ। आइतबार सेयर बजारले अहिलेसम्मका सबै रेकर्ड तोडेर नयाँ कीर्तिमानी कायम गरेपछि ९नेप्से० ले आइतबार विज्ञप्ति निकालेर शुभकामना दिएको हो। नेप्सेले नै विज्ञप्ति निकालेर शुभकामना दिएको यो पहिलो पटक हो। नेप्से परिसूचक ४८।७४ बढेर २५२४ विन्दुमा आइपुगेको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो। त्यसैगरी साढे १० अर्ब हाराहारीमा कारोबार भएको छ। यो पनि अहिलेसम्मकै उच्च कारोबार रकम हो । नेप्सेले आइतबार २५०० को मनोवैज्ञानिक विन्दुलाई सजिलै पार गरेर अगाडि बढेपछि बजारमा उत्साह थपिएको छ।

नेप्सेको शुभकामनापछि लगानीकर्ता थप उत्साहित भएका छन् भने वातावरण विथोलेर बजार घटाउन सक्रिय केही समूहरू निराश भएका छन्। नेप्सेका अनुसार हालसम्म करिब साढे तीन लाख लगानीकर्ताले अनलाइन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिइसकेका छन्। आइतबारको कारोबारमा ५० हजार ९२३ जना लगानीकर्ता सहभागी रहेको नेप्सेले जनाएको छ। आजको कारोबारमा ८०।०६ प्रतिशत कारोबार अनलाइनमार्फत भएको समेत विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक देखिएकोमा नेप्सेले खुसी व्यक्त गरेको छ। नेप्सेले दोस्रो बजारलाई अझ् सहज, सुरक्षित, विश्‍वसनीय र पारदर्शी बनाउनका लागि प्राविधिक, नीतिगत र संस्थागत पूर्वाधारमा सुधार गरिएको जनाएको छ। त्यसैगरी लगानीकर्ताको हक हितको संरक्षणको लागि नेप्से तत्पर रहेको बताएको छ।

Leave a Reply