ल्होसारको शुभकामना सहित सत्यकला लामा र बुद्धि तामाङको अभिनयमा तामाङ सेलो”हिमाली भेगमा”सार्वजनिक हुदै…।

काठमाडौं । नेपालि गित संगीतको जगतमा एक पछी अर्को गित आउने क्रममा नेपालि गित संगीतलाई जग्रेना गर्ने हेतुले नेपालको शेर्पा, गुरुङ,लामा र तामाङ जातीले नयाँ वर्षको रूपमा मनाउने नेपालको एक मुख्य पर्व आउदै गरेको महान पर्व ल्होसारको शुभकामना सहित बिशाल कलादेन र जितु लोप्चनको स्वरमा“हिमाली भेगमा”बोलको गित सार्वजनिक हुने भएको छ । श्याम धितालको शब्द घमेश दुलालको संगीतमा रहेको गीतको म्युजिक भिडियो कमल राईले निर्देशन गर्नु भएको छ । गीतको म्युजिक भिडियो बिगत लामो समय देखि नेपाली गित संगीतको जगतमा एक पछी अर्को म्युजिक भिडियोमा अभिनय गर्दै आएकी सत्यकला लामा र लोकप्रिय हास्यकलाकार बुद्दी तामाङ्गको अभिनय रहेको छ ।

बिष्णु खडकाले सम्पादन गरेको म्युजिक भिडियो ए।एम।एस इन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट भोलि शनिबार आउने तयारि भएको छ भने म्युजिक भिडियो हरिश महराले छायांकन गरेका छन् ।

Leave a Reply