काठमाडौंमा बिहानैदेखि दाहाल–नेपाल समूहको यस्तो प्रदर्शन

काठमाडौँ — प्रतिनिधिसभा विघ,टनविरु,द्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल समूहले बिहीबार बिहानैदेखि राजधानीमा विरोध प्रदर्शन गर्दै आएको छ । रत्नपार्कलगायत क्षेत्रमा उक्त समूहका नेता–कार्यकर्ता भेला भएर विरो,धमा उत्रिएका हुन् । उक्त प्रदर्शनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता पनि सहभागी छन् । यातायात आवागमनमा अव,रोध गर्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीमध्ये चार जनालाई प,क्राउ गरेको छ ।

सरकारले प्रक्रिया मिचेर संवैधानिक निकायहरूमा नियुक्तिलगायतका काम गरेको भन्दै दाहाल–नेपाल समूहले बुधबार आन्दोलनका थप कार्यक्रम घो,षणा गरेको थियो ।

Leave a Reply