दुर्गेश थापाको पुत्रलाभ पछिको पहिलो भिडियो“मलाई भन अरुलाई भन्दिन”हेर्नुहोस(भिडियो)

काठमाडौं – नेपालि गित संगीतको बजारमा गित आईरहेको बेला सर्जक तेजश रेग्मीको शब्द सृजना तथा संगीतमा “मलाई भन अरुलाई भन्दिन” बोलको गित टि आर सिरिसको युटुव च्यानलबाट सार्वजनिक भएको छ । लामो समय पछी गित संगीतमा फर्किएका तेजश रेग्मी र रिना केशीको यो गित निकै नै उत्कृष्ट रहेको छ । गीतमा लोकप्रिय गायिका रिना केसी,तेजश रेग्मी र राजु कंडेलको स्वर रहेको छ ।

गित संगीत भने पछी हुरुक्कै हुने गायिका रिना केसीका पनि नेपालि सांगीतिक बजारमा केहि गित संगीतले निकै नै आकाश चुमेका छन् । तेजश रेग्मी र रिना केसीको स्वरमा रहेको”भगेरी चरी”गित पनि करोड क्लबमा परिसकेको छ । आशा छ यो गीतले पनि सबैको मन मुटु छुने नै छ ।

नेपालि सांगीतिक बजारमा सबैका प्रिय बनेका निर्देशक शिब बिकको निर्देशन रहेको गीतको म्युजिक भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् । म्युजिक भिडियो नेपालि संगीत क्षेत्रका चर्चित अनुहारको अभिनय रहेको छ ।

जस मध्य नेपाली गित संगीतका बिगत लामो समय देखि निरन्तर संघर्ष गर्दै आएका दुर्गेश थापा,तेजश रेग्मी,अर्जुन गौतम, दिपाशा विसी,गरिमा शर्मा र अस्मिता जुरेलिको अभिनय रहेको छ । गायक तथा मोडल दुर्गेश थापा बाउ बने पछिको पहिलो भिडियो सार्वजनिक भएको हो । केहि दिन अगाडी मात्र गायक तथा मोडल दुर्गेश थापालाई पुत्र लाभ भएको छ । थापालाई थप जिम्मेवारी बढेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply