बिकास ज्ञावालीले सम्पादन गरेको म्युजिक भिडियो”रातो रबर”गितको चौतर्फी चर्चा,युटुब ट्रेडिङ ३ मा(भिडियो)

काठमाडौं । पछिल्लो समय नेपाली गित संगीतको बजार निकै नै आकाश छोएको छ । सामाजिक सन्जाल सहजीकरण भएकै कारण तथा टिकटकका कारण छोटो समयमा लोकप्रियता कमाउने कलाकारको बढ्दो क्रमामा रहेको छ । यसै सन्दर्भमा पछिल्लो समय भाईरल भएका बाल कलाकार सचिन परियार र सबिना बस्याल निकै नै लोकप्रियता कमाई रहेका छन् । केहि समय अगाडी आएको ओठ खोलेर गित निकै नै चर्चामा रहयो । “ओठ खोलेर”गित गीतको चर्चा सेलाउन नपाउदै सुभारम्भ डिजिटलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको रविना बस्याल र सचिन परियारको स्वरमा रहेको गित“रातो रबर”गीतले फेरी चर्चा पायो ।

“ओठ खोलेर”गित ट्रेडिङमा निकै नै राज गर्यो अझै भन्दा अहिले पनि युटुब ट्रेडिङ मै रहेको छ । “रातो रबर “गित पनि सार्वजनिक भएको केहि घण्टा भित्र नै युटुब ट्रेडिङमा छिरिसकेको थियो । यतिबेला युटुब ट्रेडिङ ३ मा रहेको गित ४ लाख ७० हजार भन्दा बढी दर्शक श्रोताको नजरमा परिसकेको छ । कपिल लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियो सुरेन्द्र श्रेष्ठले छायांकन गरेका हुन् भने बिकाश ज्ञावालीले सम्पादन गरेका हुन् ।

बिगत केहि बर्ष देखि म्युजिक भिडियो सम्पादनमा समय बेत्तित गरिसकेका बिकास ज्ञावालीलाई भने यतिबेला भ्याई नभ्याई भएको छ । ज्ञावालीद्ररा सम्पादन गरेक म्युजिक भिडियो यतिबेला बजारमा चर्चा कमाई रहेका छन् । पर्दा पछाडि रहेर पनि नेपालि सांगीतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाई सकेका ज्ञावालीले सम्पादन गरेका म्युजिक भिडियो एक अर्को म्युजिक भिडियो बजारमा आउने क्रममा रहेका छन् । मिलनसार,ईमान्दार र सहनशील,लगनशील ज्ञावाली आफुले जानेको कामलाई निरन्तरता दिने हो भने सफलताको सिखर चुम्न सकिने कुरामा बिशस्त रहेको बताउदै आएका छन् । ज्ञावाली थप्नुहुन्छ“यो मेरो पेशा हो मैले जानेको काम राम्रो गर्ने कोशिस गर्दै आएको छु अझै गर्न बाकि छ पूर्ण भने म छैन ।”

पछिल्लो समय नेपालि सांगीतिक क्षेत्रमा राज गर्दै आएका जोडी मध्यका एक अब्बल जोडी खेम सेन्चुरीको संगीत तथा नेत्र अर्यालको शब्द सृजना रहेको छ । खेम सेन्चुरी र नेत्र अर्यालको सयुत्त सहकार्यमा बजारमा धेरै गित बाहिर आईसकेका छन् भने केहि गित आउने तयारीमा रहेका छन् । महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीत खडक बाजुरेलिले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा चर्चित अनुहार सारिका केसी,धुर्व हिमाली,डिर।आर सुजन र मेरी बास्सैकी कलाकार सरस्वति फुयालको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply