काठमाडौंमा मसाल जुलुस प्रदर्शन ! प्रहरीलाई आपत्त

८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड(माधव समूहले काठमाडौंमा बिहीबार साँझ मसाल जुलुस निकालेको छ । प्रचण्ड(माधव समूह निकट युवाहरुले बानेश्वर क्षेत्रमा साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघ,टन असंवैधानिक कदम भएको भन्दै उनीहरुले विजुली बजार पुल नजिकबाट मसाल जुलुल निकालेका थिए । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने प्रयास गरेका थिए ।

नेकपा प्रचण्ड–माधव समूहले शुक्रबार संसद विघट,नको वि,रोधमा काठमाडौंमा विरोध सभा गर्दैछ । उक्त वि,रोध सभामा सहभागी हुन देशैभरबाट नेता तथा कार्यकर्ताहरु काठमाडौंमा आउने क्रम जारी रहेको उक्त समूहले जनाएको छ । काठमाडौंमा शुक्रबार आयोजना गर्ने विरोध सभाको पूर्वसन्ध्यामा उनीहरुले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

Leave a Reply