दिपिका र प्रिन्स लम्सालको पहिलो गित”म त्यसै रोएकी हैन”युटुब ट्रेडिङमा

काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा दिन प्रतिदिन आईरहदा लाईभ दोहोरि गायकिपन पनि निकै नै माथि पुगेको छ । केहि समय अगाडी मात्र सामाजिक सन्जालमा निकै नै माया पाएको भाई बहिनि बीच गाईएको लाईभ दोहोरा निकै नै चर्चाको सिखरमा उक्लिएको थियो । सारंगी संसारको लाईभ दोहोरिमा प्रिन्स लम्साल र दिपिका मगरले गाईएको लाईभ दोहोरि निकै नै चर्चाको सिखरमा चुम्न सफल भयो भने करोडौ नेपालीको आखामा आशु बर्षिएको थियो ।

अझै भन्ने हो भने पनि युटुब ट्रेडिङ भित्र टप फाईब टु मा आएको थियो भने अझै ट्रेडिङ लिस्टमा रहेको छ । सोहि दिदि भाईको स्वरमा रक्षा म्युजिकको प्रस्तुति प्रयास मिडियाको अफिसियल युटुब च्यानलबाट”म त्यसै रोएकी हैन”नामक बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सागर पौडेलको शब्द संगीतमा तयार भएको म्युजिक भिडियो सार्वजनिक भएको २४ घण्टा नपुग्दै निकै नै लोकप्रिय बनेको छ । यो न्युज तयार पार्दासम्म १ लाख भन्दा माथि दर्शक स्रोताको नजरमा परि सकेको छ भने युटुब ट्रेडिङ ४० मा आएको छ ।

भिम थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियो डीबी रौलेले छायाकन गरेका हुन् भने अमृत पन्थीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा गायक गायिका स्वयंमको नै मुख्या भूमिका रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply