“कक्रोज”एलिस राई, जिवेश गुरुङ अभिनित“माकुरी”सार्वजनिक(भिडियो)

काठमाडौं-नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेको बेला लोकप्रिय संगीतकार तथा र्यापर राजेन्द्र भट्ट”मिस्टर आर्जे”को संगीतमा नवराज कलौनीको शब्द सृजना“माकुरी” बोलको गीत सार्वजनिक भएको छ ।

राजेन्द्र भट्ट”मिस्टर आर्जे”को र्‍याप रहेको गीतमा समीर आचार्य र रोशनी थापाको स्वर रहेको छ । चर्चित अनुहारलाई भिडियोमा देख्न सकिन्छ। भिडियोमा लोकप्रिय कलाकार हरि निरौला”कक्रोज”एलिस राई, जिवेश गुरुङ , उषा उप्रेती र स्मारिका र सामारिका ढकालको अभिनय रहेको छ ।

बिधान कार्कीले निर्देशन गरेको म्युजिक भिडियो सुरेन्द्र वस्यालले भिडियोको कोरियोग्राफी गरेका हुन् । हरि हुमागाइँले छायांकन गरेको म्युजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । भिडियो मिस्टर आर्जेको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो ।
हेर्नुहोस् भिडियो :

Leave a Reply