भिम थापाको निर्देशन राजेन्द्र शाह बिपीको शब्द संगित“जोई प्यारी जारीकी”लक्ष्मी आचार्यको अभिनय(भिडियो)

काठमाडौं । लक्ष्मी आचार्यको प्रस्तुति ठटेउली डेउडा गित“जोई प्यारी जारीकी”देउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा लक्ष्मी आचार्य र प्रकाश थापाको स्वर रहेको छ भने लय तथा शब्द राजेन्द्र शाह बिपीको रहेको छ । बिनोद बाजुरेलिको संगीत संयोजन रहेको गीतमा भिम थापाले निर्देशन गरेका छन् । म्युजिक भिडियो छायांकन चक्र बरालको रहेको छ ।

भिम थापाले निर्देशन गरेका हरेक म्युजिक भिडियो पनि उत्तिकै लोकप्रिय भएका छन् । लामो समय देखि नै यसै क्षेत्रमा लागेका थापाको दिन प्रतिदिन चर्चा पनि उत्तिकै चुलिएको छ ।

लाल बहादुर धामी रोजी कुवर र गायिका स्वयम लक्ष्मी आचार्यको अभिनय रहेको उक्त गितमा माया पिरती र ठटेउलीपनका कुरा गित मार्फत दर्शाउन खोजिएको छ । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply

You may have missed