भिम बिष्टको निर्देशन झरना र जगतको अभिनयमा डेउडा गित“तु मेरो मायालु”भिडियो सार्वजनिक(सार्वजनिक)

काठमाडौं । बिशेष फिल्मसको प्रस्तुति मौलिक डेउडा गित“तु मेरो मायालु”देउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा शोभा थापा र भुवन दाहालको स्वर रहेको छ भने लय तथा शब्द जगत कुवरको रहेको छ ।

विजय थापाको संगीत संयोजन रहेको गीतमा भिम बिष्टले निर्देशन गरेका छन् । म्युजिक भिडियो छायांकन अमृत उपाध्याको रहेको छ भने राजेश कुमारले म्युजिक भिडियो सम्पादन गरेका छन् । भिम बिष्टले निर्देशन गरेका हरेक म्युजिक भिडियो पनि उत्तिकै लोकप्रिय भएका छन् । लामो समय देखि नै यसै क्षेत्रमा लागेका थापाको दिन प्रतिदिन चर्चा पनि उत्तिकै चुलिएको छ ।

झरना बोहोरा र जगत कुवरले अभिनय रहेको उक्त गितमा माया पिरती र मिलन बिछोडका कुरा गित मार्फत दर्शाउन खोजिएको छ । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ ।
भिडियो हेर्नुहोस :

Leave a Reply

You may have missed