५० भन्दा बढी सवार उडेको विमान बेपत्ता,खोजि कार्य सुरु

२५ पुस, काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको छ । विमानमा ५० भन्दा बढी सवार थिए । अधिकारीहरुका अनुसार श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्कबिहीन भएको हो ।

फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजजार फिट तल आएको थियो । सम्पर्कविहीन भएका विमानको खोजी भइरहेको परिवहन मन्त्रालयले जनाएको छ ।

Leave a Reply