सचिन परियारको पहिलो गित”ओठ खोलेर”गित युटुब ट्रेडिङमा राज गर्दै,एलिना,करिश्मा,अर्जुन लगायतको अभिनय (भिडियो)

काठमाडौ । केही समयदेखिनै मिडिया, सामाजिक सन्जालमा देखा परेका गुल्मीका ९ वर्षीय सचिन परियारको पहिलो गित निकै नै भाईरल बनेको छ । “ओठ खोलेर”बोलको गीतमा एक अर्की भाईरल लाईभ दोहोरि बाल गायिका रबिना बस्याल,सचिन परियार,गायक अर्जुन कुवर र अश्मिता बुढाथोकीको स्वर रहेको छ भने गणेश अधिकारीको शब्द सृजना रहेको छ भने महेन्द्र भण्डारीको संगीत तथा संगीत संयोजन रहेको छ ।

गुरुआमा स्मिृति तिमिल्सिनाको निर्देशन रहेको करिश्मा ढकाल, एलिना रायमाझी,अर्जुन कुवर र सबिन क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ भने साथमा बाल कलाकार सचिन परियार र रबिना बस्यालको पनि अभिनय रहेको छ ।

सुरेन्द्र श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियो भने प्रकाश धमलाले सम्पादन गरेका हुन् । छोटो समयमा निकै नै भाईरल भएको म्युजिक भिडियो १० लाख  भन्दा माथि दर्शक स्रोताको नजरमा परेको छ भने यतिबेला युटुब ट्रेडिङ ३ मा आईसकेको छ ।

Leave a Reply