धनकुटाका थप एक जनालाई कोरोना संक्रमण पुष्टि

पौष १८,काठमाडौं  । धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरका अनुसार आज जिल्लाको एक जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका अन्य संक्रमितहरुमा झापामा १८, मोरंगमा ९, सुनसरीमा ६, इलाममा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा १०, मेचीनगर र कनकाईमा २–२, विर्तामोड, भद्रपुर, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ८, धनपालथानमा १, सुनसरीको इनरुवामा ३, इटहरीमा २, भोक्राहानरसिंहमा १, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै प्रदेश १ मा अहिले सम्म कोरोना संक्रमितको संख्या २९ हजार ८ सय १२ पुगेको छ ।

गएको २४ घण्टामा प्रदेश १ मा १ सय ४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ । प्रदेश १ मा आज ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ९११ ज्नाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply