निर्मला पन्तका ह,त्यारा गुपचुप नै ! बर्खास्त एसपीलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

१६ पुस, काठमाडौं । सरकारले निर्मला ह,त्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कार,बाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापर,बाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई ८ कात्तिक २०७५ मा ब,र्खास्त गरिएको थियो ।

यसअघि प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुस,न्धान ब्युरो ९सीआईबी० का तत्कालीन डीएसपी अंगुर जिसी लगायत सेवामा फर्किइसकेका छन् । ११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बला,त्कारपछि ह,त्या भएको थियो । प्रकरणको अनुस,न्धानमा प्रहरीले लापरबाही गरेको आ-रोप लागेको थियो । प्रहरी अधिकृतहरुविरु,द्ध यातना र प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत, कञ्चनपुरमा मुद्दा समेत परेको थियो । अनलाइन खबरमा लेखिएको छ ।

तर, अदालतले प्रहरीकै पक्षमा फैसला गरेको थियो । त्यसपछि कार,बाहीमा परेका अधिकृतहरुलाई पुनर्बहाली गर्न थालिएको छ । प्रकरणका आरो,पित भने अझैसम्म प,क्राउ पर्न सकेका छैनन् ।

Leave a Reply