मानव अधिकारकर्मी अभियन्ता करिमा मृ,त भेटिइन्

काठमाडौं – पाकिस्तानी मानव अधिकारकर्मी तथा अभियन्ता करिमा मेहराब बलोच मृ,त अवस्थामा भेटिएकी छन् । ३७ वर्षीया बलोच क्यानडाको टोरन्टोमा शरणार्थीको हैसियतमा बस्दैआएकी थिइन् । सोमबार साँझ उनको श,व टोरन्टो नजिकै पानीमा भेटिएको प्रहरी र स्थानीयले जानकारी दिएका छन् । साथै उनको मृ,त्यु भएको पुष्टि भइसकेको छ ।

एमनेस्टी इन्टरनेश्नल र अन्य अधिकारकर्मी संगठनहरुले उनको मृ,त्युबारे पारदर्शी छानविन गर्न आग्रह पनि गरेका छन् । टोरन्टो प्रहरीका अनुसार यस घट,नाको छानविन भइरहेको जनाएको छ । र यस घट,नामा कुनै शं,कास्पद तथा आप,राधिक गतिविधि नभएको प्ररम्भिक अनुस,न्धानबाट भन्न सकिने जनाएको छ । करिमा केही समयअघि वेप,त्ता भएको र उनको खोजी गरिएको पनि टोरन्टो प्रहरीले जनाएको छ । यससँगै पाकिस्तानमा सक्रिय अधि,कारकर्मी समूहहरुले पनि उनको मृ,त्युबारे छानविनका लागि आग्रह गरेका छन् ।

आदिवासी बलोची अधिकारकर्मीको रुपमा प्रतिष्ठित छवि बनाएकी करिमाले विभिन्न अधिकार संगठनको नेतृत्व गरिसकेकी थिइन् । पाकिस्तानमा छँदा उनी सरकार वि,रोधी रुपमा पनि चिनिएकी थिइन् । पाकिस्तानमा अधिकारको लडाइँमा सक्रिय रहेकी उनी राजनीतिक प्रतिकुलताका कारण क्यानडा पुगेकी थिइन् । २०१६ मा बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा उनको नाम समेत समेटिएको थियो । पाकिस्तानमा ज्या,न मार्ने ध,म्की आउन थालेपछि २०१७ मा क्यानडाले उनलाई राजनीतिक शरणार्थीको रुपमा आश्रय दिएको हो ।

Leave a Reply