राजेश पायलको स्वरमा बाल गित”ABCD-123″सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली गित संगीतको क्षेत्रमा बिगत लामो समय देखि निरन्तरता दिदै आएका गित संगीतका किङ राजेश पायल राई र बाल कलाकार सायाना अधिकारीको स्वर रहेको छ भने बिशाल निरौलाको संगीत संयोजन तथा नरेश जोगीको संगीतमा सर्जक सतिश अधिकारीको शब्द सृजनामा”ABCD-123″सार्वजनिक भएको छ ।

बाल गायिका सायाना आचार्यको जन्म दिनको अवसर पारेर सार्वजनिक भएको म्युजिक भिडियो निर्देशन देबेन्द्र कुँवरले गर्नु भएको छ । प्रकाश खडकाले छायांकन गरेको म्युजिक भिडियोमा सम्पादन दिन्सन शाहले गरेका हुन् । बाल मनोविज्ञानलाई लक्षित गरेर निर्माण गरेको गीतमा महानायक राजेश हमाल,नायिका अनु शाह र पछिल्लो समयका युवा पुस्ताका लोकप्रिय मोडल लोमश शर्माको अभिनय रहेको छ । सायाना अधिकारीको जन्म दिनको शुभकामना सहित टिमलाई हार्दिक बधाई ।

Leave a Reply