कोरोना महामारीका कारण बेखर्ची बनेका महिलालाई भाडाको साटो आफुसँग रात बिताउन घरबेटी प्रस्ताव

काठमाडौँ – कोरोनाभाइरस महामारीका कारण काम गुमाएर बेखर्ची भएका महिलाहरुसँग घरबेटीहरुले पैसा तिर्न नसके आफुसँग रात बिताउन प्रस्ताव गरेको पी’डित महिलाहरुले गुनासो गरेका छन् ।

अमेरिकी अध्यागमन अधिकारी केभिन ब्लकका अनुसार केही घरधनहिरुले भाडाको वैकल्पिक सम्झौताको बारेमा कुरा गर्छन र केहीले त अ’श्लील यौ’निक तस्वीरहरु समेत पठाउने गरेका छन् । ‘म यस विषयमा चिन्तित छु किनकि बाहिरिएका यी घटनाले अझै धेरै सार्वजनिक नभएका घटनाहरु भएकोतर्फ संकेत गरेका छन्’ उनले अमेरिकी मिडिया सिएनएनसँग भने ।

हवाइ स्टेट कमिशनका एक्जिक्युटिभ डाइरेक्टर खारा जाबोला क्यारोलसका अनुसार यस्तो यौ’न’ज’न्य शो’षणले महिलाको जीवन झनै कष्टप्रद बनाइरहेका छन् । ‘शा’रीरिक र यौ’निक हिं’सा, आफूले सुरक्षित सम्झेर बसिरहेको निवास, एक्कासी आयस्रोत गुमेको अवस्था र प्रणालीगत रुपमै कायम रहेको लैंगिक विभेदका बीचमा कुनै पनि अर्को योजना तयार हुँदैन’ उनले भनिन् ।

गएको फेब्रुअरीमा केही भाडामा बस्नेहरु घरबेटीसँग रात बिताएका घटनाहरु सार्वजनिक भएका थिए जतिबेला महामारीको बीचमा ‘से’क्स फर रेन्ट’ संस्कार विकसित भएको थियो ।

शेल्टर स्कटल्याण्डले केही अगाडि गरेको राष्ट्रिय सर्वेक्षणमा १ लाख २० हजार महिलाले आफूसामु यस प्रकारको प्रस्ताव आएको बताएका थिए । होमलेस च्यारिटी शेल्टर स्कटल्याण्डका मार्क थम्पसनले भने ‘यसरी सार्वजनिक नभएका घटनाहरु ठूलो परिमाणमा छन् र यो बढ्दो छ ।’ एजेन्सीको सहयोगमा

Leave a Reply