अध्यादेश फिर्ता नहुँदै प्रम ओलीले बोलाए बैठक,प्रचण्ड पुगे बालुवाटार !

काठमाडौं २ पौष प्रधानमन्त्री केपी शर्मा ओलीले आज अकस्मात संवैधानिक परिषद्को बैठक बोलाएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रचण्डका निकट स्रोतका अनुसार बैठक बस्नु अगाडी अध्यक्ष प्रचण्ड प्रम ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । हिजो बुधबार मात्र मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन सहमत भएका प्रम ओलीले आज अकस्मात संवैधानिक परिषद्को बैठक बोलाएपछि यस विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् ।

पहिलेको परिषद्को बैठकमा पत्र काटेर बोलाउने भएपनि आजको बैठकको लागि भने टेलिफोन बाट जानकारी गराइएको बुझिएको छ । आज बेलुका नै स्थायी कमिटिको बैठकमा अध्यादेश फिर्ता लिने भनिए पनि त्यो भन्दा अगाडी नै परिषद्को बैठक बोलाएपछि यति बेला नेकपा पार्टीमा ठुलै हलचल पैदा भएको छ । अध्यादेश फिर्ता लिनु भन्दा अगाडी नै परिषद्को बैठक बोलाएपछि कतै प्रम ओलीले बाटो त फेर्ने होइन भनी आशंका पैदा भएको छ ।

Leave a Reply