२४ घण्टा नबित्दै अध्यादेश फिर्ता लिन तयार

काठमाडौं २ पौष । अन्ततस् गले प्रधानमन्त्री केपी शर्मा ओली । जति शक्ति भए पनि पार्टीका नेता कायर्कर्ता तथा प्रतिपक्षी दलको निरन्तर दवावले २४ घण्टा नबित्दै प्रम ओलीले आफ्नो निणर्य सच्याउन सहमत भएका छन् ।

हिजो संवैधानिक परिषद् सम्बन्धि जारी गरिएको अध्यादेश फिर्ता लिन प्रम ओली सहमत भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटिको बैठक यो सहमति सँगै सुरु भएको छ । बैठकमा प्रम ओली पनि सहभागी भएका छन् ।

केही समय अगाडी सुरु भएको स्थायी कमिटिको बैठकमा संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको विशेष स्रोतले जानकारी दिएको छ ।

Leave a Reply