आँचलको श्रीमान उदिपकी पुर्वप्रेमिकाले लेखिन् यस्तो मन छुने स्टाटस, हेर्नुहोस

काठमाडौँ – भलिबल खेलाडी सिपोरा गुरुङ यतिबेला चर्चाको केन्द्रमा छिन् । अभिनेत्री आँचल शर्माका श्रीमान् उदिप श्रेष्ठसँग अमेरिकामा रहँदा उनी प्रेम सम्बन्धमा रहेको कुरालाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ ।

युट्युबमा सिपोरा र उदिपको विषयमा सयौंको संख्यामा भिडियो बनेका छन् । उनीहरु प्रेममा रहँदाका तस्विरहरु पनि अहिले सार्वजनिक भैरहेका छन् ।

फिल्म ‘भूईंमान्छे’ प्रदर्शनको समयमा अभिनेत्री सिपोराले आफू विगत २ वर्षदेखि उदिपको प्रेममा रहेको र २०७४ सालको मंसिरमा विवाह गर्ने तयारी भैरहेको बताएकी थिइन् । तर, उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सकेन ।

अभिनेत्री आँचल शर्मासँग विवाह गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सिपोरालाई धोका दिएको भन्दै उदिप श्रेष्ठलाई गा’लीगलोच गरिरहेका छन् ।

भिडियो हेर्नुहोस…

Leave a Reply