विश्वलाई कोरोनाभाइरसबाट बचाउन सक्ने एक मात्र महिला

काठमाडौं – शी जेंगली १६ वर्षदेखि विश्वको एक पुस्ताले नै नदेखेका ड’रला’ग्दा महा’मारीसँग ल’ड्न’को लागि तयार भएकी छिन् । चीनको वुहानकी यी भाइरोलोजिस्ट ती ‘ब्याट वुमन’ वैज्ञानिक हुन् जसले यो भाइ’रसको पहिलो केस देखिएको केही दिनमै यो भाइ’रसको ‘जीन सिक्वेन्स’ पत्ता लगाएकी थिइन् । तर, त्यतिबेला उनलाई उनको उल्लेखनीय खोज विश्व्सामु ल्याउनबाट अल्मल्याइयो र उनको खोजी भित्रै द’बियो । उनी विश्वका शीर्ष अनुसन्धानकर्ता मध्येकी एक हुन् जसले चमेराका गुफामा सार्सजस्ता दर्जनौं प्रा’णघा’तक भाइ’रसको बारेमा खोजी गरिसकेकी छिन् ।

उनले डिसेम्बरको अन्त्यमा वुहानमा फैलिएको त्यतिबेला रहस्यमय श्वास प्रश्वास सम्बन्धी रो’गका बि’रामीहरुको नमूनाको अध्ययन गरेकी थिइन् र यो भाइ’रस सार्ससँग मिल्दोजुल्दो भएको तथ्य पत्ता लगाएकी थिइन् । यसलाई नोभेल कोरोनाभाइ’रसको रुपमा पहिचान गरियो । त्यसको तीन दिनमै उनले यसको जीन सिक्वेन्सिङको प्रक्रिया पूरा गरेकी थिइन् र उनले यसको ९६ प्रतिशत प्रकृति युनानमा पाइने चमेरामा हुने भाइ’रससँग मिल्ने पत्ता लगाएकी थिइन् । उनले ३ दिनमै गरेको यो जीन सिक्वेन्सिङको प्रक्रियालाई महिना र कुनै कुनै अवस्थामा वर्षसम्म लाग्न सक्छ ।

डेलिमेलको रिपोर्ट अनुसार चिनियाँ अधिकारीहरुले सुरुमा यो भाइ’रस भेटिएकोबारे बाहिरी विश्वलाई सूचना लुकाउने प्रयास गर्दा उनको यो खोजी पनि लुकाइएको थियो जुन अहिले आएर उजागर भएको छ । चिनियाँ पत्रकार गाओ युले डेलिमेलसँग कुरा गर्दै वुहानमा लकडाउनका बेला आफूले शीसँग भेटेको र शीले आफ्नो खोजीलाई दबाइएको बताएको उल्लेख गरेका छन् । पत्रकार गाओले अगाडि भने ‘हामीलाई पछि थाहा भयो कि उनको इन्ष्टिच्युटले यसको जीन सिक्वेन्सिङ र अन्य सम्बन्धित परीक्षण जनवरी २ भन्दा पहिल्यै सकिसकेका थिए तर उनीहरुलाई अल्मल्याइएको थियो ।’

जीन सिक्वेन्सिङको यो जानकारी एक हप्ता पछिसम्म पनि सार्वजनिक गरिएको थिएन । अहिले यही जानकारीलाई विश्वभरी भाइ’रसको उपचार र भ्याक्सिनको खोजीका लागि प्रयोग गरिँदैछ र यो खोजीको लागि समयसँग प्रति’स्पर्धा भइरहेको छ । जेंगलीका लागि यो खोजी उनको १६ वर्षभन्दा लामो समयको कामको उच्चतम प्रतिफल हो जसले उनलाई आफ्नो क्षेत्रमा विश्वकै अग्रणी वैज्ञानिकमध्ये उक बनाएको छ । तर जब यी भाइरोलोजिस्टलाई गएको डिसेम्बर ३० मा पहिलो बिरामीको नमूना परीक्षणका लागि बोलाइयो, उनी भन्छिन् उनलाई थाहा थियो कि उनी आफ्नो सबैभन्दा ख’राब सपनासँग ल’ड्नु’पर्नेछ । अनि जेंगलीलाई अर्को ड’र पनि थियो – के त्यो भा’इरस उनले काम गर्ने ल्याबबाट दुर्घ’टनावश बाहिरिएको थियो ?

१६ वर्षसम्म चमेरासँग काम गर्ने क्रममा जेंगलीले जनावरबाट कोरोनाभाइ’रस मानिसमा सर्ने जोखिममा रहेका केही क्षेत्रको पहिचान गरेकी थिइन् तर ती स्थानमध्येमा देशको बीचमा रहेको वुहान भने थिएन । उनले भनिन् ‘मैले अपेक्षा गरेकी थिइन कि यस्तो किसिमको घ’ट’ना चीनको बीचमा, वुहानमा हुन सक्छ । मैले त्यतिबेला सोचेको सम्झिन्छु – के यो भाइ’रस हाम्रो ल्याबबाट आएको थियो ?’ त्यतिबेला जेंगली वुहानबाहिर एक सम्मेलनमा थिइन् जहाँ उनलाई त्यो ड’रलाग्दो फोन कल आएको थियो जसले पूरै विश्वको स्थिति नै बदलिदियो ।

अस्पतालमा भर्ना भएका २ जना बि’रामीमा असामान्य किसिमको निमो’निया देखिएको थियो । वुहान सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनलाई जेंगलीको विशेषज्ञताको आवश्यकता परेको थियो ताकि यो भाइ’रस सार्वजनिक स्वास्थ्यको लागि ख’तरना’क जो’खिम हुन सक्छ कि सक्दैन भन्ने थाहा पाउन सकियोस् । उनका निर्देशकले उनलाई जेसुकै गरिरहेको भए पनि तत्काल छोड्न र यो नयाँ भाइ’रसबारे काम सुरु गर्न भनेका थिए । यो निर्देशनसँगै उनी तत्कालै ट्रेनमा वुहानस्थित ल्याब आएकी थिइन् ।

जेंगली र उनको टिमले यो भाइ’रसको जेनेटिक कोड पत्ता लगाउन दिनरात नभनी काम गरेका थिए । जेंगली त्यो टिमकी सदस्य थिइन् जसले सार्स भाइ’रसका विषयमा काम गरिरहेको थियो । सार्सको महा’मारीभन्दा अगाडि पूरै विश्व कोरोनाभाइ’रस परिवारबारे अनभिज्ञ थियो तर २००२ मा सार्स महा’मारीपछि विश्वले यसबारे अनुसन्धान र यसको सं’क्रम’ण रोक्ने अभियान सुरु गरेको थियो । जेंगली यही सुरुवाती टिमकी सदस्य थिइन् । DcNepal बाट

Leave a Reply