कृष्ण शताब्दि र निशा राईको वियोगान्त गित”घर न घाटैको”सार्वजनिक हुने तयारीमा ।।।

काठमाडौं । नेपालि गित संगितको जगतमा एक पछी अर्को नया कलाकारको आगमन भईरहेको बेला निशा राई र कृष्ण शताब्दीको शब्द तथा राजकुमार बनियाको संगितमा नयाँ प्रेम वियोगान्तम गित”घर न घाटैको”बोलको गित सार्वजनिक हुने तयारीमा रहेको छ भने संगित संयोजन पनि कृष्ण शताब्दीको रहेको छ । शान्तिश्री परियारको स्वरमा रहेको निकै नै वियोगान्त गितमा निस्वार्थ माया प्रेम र बिछोड पछिको कारुणिक बेदना व्यक्त गरिएको छ ।

माया प्रेममा धोका पाएका प्रसगं हुन् या अरु कुनै प्रसगं नै हुन् । उहाँका माया प्रेम सम्बन्धिका बिभिन्न गित संगितहरु युवा युवतीहरुले अत्याधिक मात्रामा रुचाउने गरेको पाईन्छ । आशा छ यो गित पनि दर्शक स्रोताको रोजाईमा पर्न सक्ने छ । देबेन्द्र कुवरको निर्देशनमा तयार भएको म्युजिक भिडियो प्रकाश खडकाले छायांकन गरेका हुन् भने अमृत चौलागाईले म्युजिक भिडियो सम्पादन गरेका छन् ।

म्युजिक भिडियोमा हास्यकलाकार बिनोद राई घ्याम्पे,सरस्वती फुयाल सर्से र निशा राईको कारुणिक अभिनय रहेको छ । यो गीतको म्युजिक भिडियो निशा क्रेसनबाट सार्वजनिक हुने भएको छ ।

Leave a Reply