दुखद खबर,श्रीमतीको मृ,त्यु भएको २४ घण्टा नबित्दै श्रीमान‍्को मृ,त्यु

१८ मंसिर,काठमाडौं-श्रीमतीको मृ,त्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को मृ,त्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको मंगलबार राति मृ,त्यु भएको हो । उनकी श्रीमती अम्बिकाको १५ गते मृ,त्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए। स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका डबलसिंहको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उनको स्बाव सङ्कलनको रिर्पोट पोजेटिभ आएको थियो ।

उपचाररत मगरलाई मङ्सिर १३ भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई सुनाएको थियो । अस्पतालबाट आफ्ना श्रीमान्को खबर सुनेपछि अप्ठेरो महसुस गरेको श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मृ,त्यु भएको बताइएको छ ।

उपचाररत पुरुषको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो गत १५ गते पुनः गरिएको स्बाव परीक्षणको रिर्पोट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए। श्रीमतीको हर्टअट्याकका कारण मृ,त्यु भएको बताइएको छ । रासस

Leave a Reply