रमेश प्रसाईको बिहे हुने भयो पक्का,यिनै हुन् हुनेवाली दुलही नन्दा सिंह

१८ मंसिर,काठमाडौं- रमेश प्रसाई र कल्पना दाहाल भनेर निकै नै मिडियाबाजी भयो । सामाजिक संजाल जताततै कल्पनासंग बिहे हुने पक्का समेत गरेका थिए भने सबैले अडकल काटेका थिए रमेश प्रसाईको बिहे रमेश प्रसाईसंग हुन्छ भनेर तर भयो अर्को ।

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।

Leave a Reply