स्वरुपराज आचार्यको बिल्कुलै नयाँ गीत”जसलाई म आफ्नो’सार्वजनिक,सनम र सुजल फिचरिङ(भिडियो)

काठमाडौं- सुगम संगितका प्रसिद्ध गायक स्वरुपराज आचार्यको बिल्कुलै नया गीत ” जस्लाइ म आफ्नो ” सार्वजनिक भएको छ । गोपाल पौडेल शव्द तथा राजकुमार बगरको उत्कृष्ट संगित रहेको उक्त गीतको भिडियोमा चल्तीका मोडल सनम कठायत र प्रतिभासाली मोडल सुजलबमको शसक्त अभिनय रहेको छ । प्रेम बियोग देखि प्राकृति विपत बाढीपहिरोमा परि सिंगै गाउँ र वृद्ध बुढाबुवाआमा सहित घर बगाउदाको दर्द जिवन्त तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा सनम र सुजलसंगै सनमका भाइ कैलाश कठायत र सुजलका बुवा टेक बमको विशेष भुमिका रहेको छ ।

मोडल सनम कठायतकै परिकल्पनामा रहेको उक्त भिडियो निर्देशन अन्जन शर्माले गर्नु भएको छ । मुकेश हुमागाइ र दिपक गीरीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको यो गीत निकै सम्भावना बोकेको गीतको रुपमा लिन सकिन्छ ।

 

Leave a Reply