थपिए १७९०कोरना संक्रमित

काठमाडौं । नेपालमा मंगलबार थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । त्यस्तै नेपालमा आज २७९१ जना कोरोनाका बिरामीले कोरोनालाई जितेका छन् ।

देशभरका अस्पताल र होम आइसोलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएसँगै देशभर कोरोनालाई जित्नेको संख्या २ लाख ४ हजार ८५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घण्टामा थप २४ जनाको कोरोना संक्रमणका कारण मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले मृ,त्यु हुनेको संख्या १३६१ पुगेको छ ।

Leave a Reply