अमेरिकी सेनामा कार्यरत नेपालि युवकको कार दुर्घ*टनामा मृ,त्यु

८ मंसिर,अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको गएराती कार दुर्घ,टनामा मृ,त्यु भएको छ । शहीदलखन गाउँपालिका( ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको राती करिब १० बजे मृ,त्यु भएको परिवार श्रोतले जानकारी दिएको छ ।

उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारीसाधनले ठ,क्कर दिएको थियो । टाउको र शरीर भित्र गम्भीर चोट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृ,त्यु भएको मृत,कका आफन्त राजेश श्रेष्ठले बताए ।

श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए । सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएका थिए । अविवाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन्।

Leave a Reply