गरिब हुनुको पिडा प्रल्हाद सुबेदीको मुटु छुने शब्द बहुप्रतिक्षित गित”सिरानी”

काठमाडौं । नेपालि गीतसंगीतको बजारमा गित आउने क्रममा प्रल्हाद सुबेदीको उत्कृष्ट शब्द तथा संगीतमा ‘सिरानी’ म्युजिक भिडियो केहि दिन अगाडी सार्वजनिक भएको थियो । सुबेदीका हरेक सृजना उत्तिकै लोकप्रिय बनेका छन् । धनी र गरिबको खाडलको विषय मिसाएर गरिबीको पीडा पोखिएको छ । बेरोजगारी सबै भन्दा ठुलो समस्या हो । न समयमा खान मिल्छ न समयमा घर आउँन मिल्छ अर्काको भूमिमा बसेर निश्नल घरको माया मनमा गाठो पारेर राख्नु पछाडिको अरु बिकल्प हुदैन ।

घरमा भएका बुढा आमाबुवाको खुसीको लागि बिहे गरेको केहि दिनमै जब धन कमाउन प्रदेश पुग्नु पर्छ । एका तिर धनको माया अर्को तिर श्रीमतीको माया,यस्तै यस्तै मायाँ प्रेम,मिलन बिछोड र प्रदेसिको पीडालाई समेटेर तयार पारेको गीतमा लोकप्रिय गायिका जुनाश्री मगरको स्वर रहेको छ ।

कुमार केसीले निर्देशन गरेका म्युजिक भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् भने अधिनायकमान शेरचनले भिडियो सम्पादन गरेका छन । निकै नै कारुणिक म्युजिक भिडियोमा सरिका केसी र स्यारोन रेग्मीको अभिनय रहेको छ ।

Leave a Reply