स्मृति तिमिल्सिनाको निर्देशन रहेको”सिमल छायाँले”युटुब ट्रेडिङमा

काठमाडौं- नेपाली सांगीतीक क्षेत्रका एक स्टार रामजी खाड र लोकप्रिय गायिका सम्झना भण्डारीको स्वरमा रहेको”सिमल छायाँले”गित सार्वजनिक भएसंगै युटुब ट्रेडिङमा परेको छ । गीत ट्रेडिङ नम्मर १७ मा परेको छ भने गीतलाई अहिलेसम्म ७५ हजार भन्दा बढी पटक हेरिएको छ । नेत्र अर्यालको शब्द संगीतमा तयार भएको म्युजिक भिडियो कृष्ण बिकले संगीत संयोजन गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोलाई आशिष म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरीको छ भने यो समाचार तयार पार्दासम्म गीतलाई ७५ हजार भन्दा बढी दर्शक स्रोताको नजरमा परिसकेको छ । स्मृति तिमिल्सिनाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा लोमश शर्मा र सुस्मिता सापकोटाको अभिनय रहेको भने सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियो प्रकाश धमलाले सम्पादन गरेका छन् ।

Leave a Reply