राहतको नाममा यसरी बाँडियो म्याद सकिएको तेल

काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिकाद्वारा राहतस्वरुप वितरण गरेको तेलको म्याद नाघेको भेटिएको छ । नागार्जुन नगरपालिका ४ मा राहत प्राप्त गरेका व्यक्तिले म्याद नाघेको तेल भेटेपछि प्रहरीमा गुनासो गरेका थिए ।

महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लालध्वज सुवेदीले राहतका लागि वितरण गरिएको स्वस्तिक तेलमा मिति नाघेको पाएपछि अनुगमन गरिएको बताए ।

अनुगमनका क्रममा नागार्जुन ४ बाफल सितापाइलाकाे न्यू बिके स्टोरले राहतको सामग्रीमा म्याद नाघेको तेल प्याकिङ गरेको पाइएको सुवेदीले बताए ।

प्रहरीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई खवर गरेपछि म्याद नाघेको २ सय लिटर तेल रहेको पुष्टि भएको हो ।

विभागका निर्देशक रविन्द्र आचार्यले उक्त तेल वितरक स्टोरलाई उपभोक्ता संरक्षण ऐनअनुसार ३ लाख जरिवाना गरिएको बताए । विभाग र प्रहरीको संयुक्त टोलीले मिति सकिएको ८० प्याकेट तेल नियन्त्रणमा लिई नष्ट गरेको छ ।

यसैबीच विभागले अनुगमनको क्रममा कंलकी १४ एलआरआई स्कुल नजिकै रहेको चितवन खाद्य सप्लायर्समा समेत छापा मारेको छ ।

मलेन्द्र बहादुर सिलवालले सञ्चालन गरेको उक्त सप्लायर्समा लेवलिङ नभएको बस्तु भेटिएके, मूल्यसूची नभएको पाइएपछि दुई लाख जरिवाना गरिएको निर्देशक आचार्यले बताए ।

Leave a Reply