भारतमा नेपालीको यस्तो बिचल्ली, सडकपेटीमै दिनरात बिताउँदै यस्तो भन्छन

काठमाडौँ – विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बैस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ ।

निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उहाँ यतिबेला कोरोना भाइरसको जो’खिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका नेपालीलाई सम्पर्कमा ल्याउन व्यस्त हुनुहुन्छ । “घरबाट बुवा-आमाको रातो टीका र धन कमाउने आर्शीवाद लिएर विदा सकेर चार महिनाअघि मात्रै काममा फर्के ।” मुम्बैबाट टेलिफोनमा कुराकानी गर्दै उहाँले निराश हुँदै भन्नुभयो, “अब त धन कमाएर घर पठाउनेभन्दा पनि बाँच्न नै मुश्किल प¥यो ।”

उहाँसंँग उक्त होटलमा कार्यरत दोधारा चादँनीका चार युवक लकडाउनदेखि आश्रय लिइरहेका छन् । उहाँले कञ्चनपुर, कैलाली र बैतडीलगायत जिल्लाका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर लकडाउनका कारण सडक पेटीमा रात बिताइरहेको जानकारी दिनुभयो । “धेरैलाई त घरबेटी नै निकाल्दैछन् ।” उहाँले भन्नुभयो, “जहान परिवार र लालाबाला लिएर यो विपतको घडीमा कहाँ जाउन ।” उहाँले आफूहरु सकुशल घर फर्किने पाए भन्ने ठूलो आशमा बसेको बताउनुभयो । “सुदूरपश्चिमका मात्रै यहाँ अलपत्र परेका ३०० जति सम्पर्कमा छन् ।” उहाँले भन्नुभयो, “सबैको एक स्वर छ, हामीलाई सरकारले स्वदेश फर्काउने वातावरण बनाइदेओस ।”

कार्कीले दैनिक जसो मुम्बै र आसपासका क्षेत्रमा नेपाली मजदूरहरुले व्यहोरी रहेको समस्या सामाजिक सञ्जालमा पोष्ट गरिरहनुभएको छ । “यहाँ रहेकाको बेदना कसैले सुन्छन् की भनेर सामाजिक सञ्जालको सहारा लिइरहेका छौँ ।” उहाँले भन्नुभयो, “हामीलाई उद्धारका लागि पहल गर्न आग्रह गर्छौँ ।”

उहाँले सीमा क्षेत्रको अवस्था केही समयका लागि सामान्य बनाएर नेपालीलाई स्वदेशकै क्वारेन्टाइनमा पुर्याउन माग गर्नुभयो । “कोरोनाको जोखिमप्रति हामी पनि चिन्तित छौँ ।” उहाँले भन्नुभयो, “नेपालबाट हामीलाई लिन बस पठाइ दिए हामी आफै बस भाडा तिथ्र्यौंै भन्नेमा छौँ ।”
बैतडीका जगदीश भण्डारीेले ६० जना मजदूर मुम्बैमा अलपत्र परेको जानकारी दिनुभयो । “होटलको स्टाफ रुपमा कोचिएर रात दिन काट्नुपर्ने अवस्था छ ।” उहाँले भन्नुभयो, “अरु बिरामी पर्दा औषधि लिन सुरक्षाकर्मीले जान दिएको अवस्था छैन ।”

त्यसैगरी मुम्बैको अन्धेरीमा होटलमा काम गर्दै आइरहेका कञ्चनपुरको दोधारा चादँनीका राजेन्द्र चन्दले लकडाउनका कारण होटल साहुले घर जान दबाब दिइरहेको बताउनुभयो । “खान, बस्न त अहिलेसम्म ठिकै थियो ।” चन्दले भन्नुभयो, “हिजो साहुले लकडाउन लम्बिन्छ घर जाउँ भन्यो ।”

उहाँले आफू पारिवारिक पस्थितिले तीन महिनाघि मुम्बै आएको बताउँदै उद्धारका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “भारतीय सरकारसित यहाँ रहेका अलपत्र नेपालीको खानपिन र बसोबासका लागि समन्वय गरिदिए पनि हुन्थ्यो ।” उहाँले दुखेसो पोख्दै भन्नुभयो, “नेपाली बिरामी परेपनि अस्पताल पु¥याइदिने छाँट छैन ।”

त्यसैगरी कञ्चनपुरको बेल्डाँडी–३ का जनकराज भट्ट पनि मुम्बैमा समस्यामा परेका छन् । “अहिलेसम्म त ठिकै थियो, खान बस्न दिएकै थियो ।” भट्टले भन्नुभयो, “अब लकडाउन लम्बिन्छ, घर जाउँ भन्दै छैन ।” उहाँले दिल्लीमा रहेको दूतावासको टेलिफोन नै रिसिभ नहुने गरेको दुखेसो पोख्नुभयो । “दूतावासको फोन नै उठदैन ।” उहाँले भन्नुभयो, “उठाइहाले पनि कोही बोल्दैनन् ।”

यसअघि पनि भारतमा समस्यामा रहेका धेरै नेपालीले दूतावासप्रति गुनासो पोखेका थिए । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका नागरिक रोजगारीका लागि नयाँ दिल्ली, मुम्बै, पुना, बैंग्लोर, पञ्जाव, हरिद्धार, लोहाघाट, पिथौरागढ लगायतका क्षेत्रमा जाने गर्छन् ।

सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट कोरोना भाइरसको सङ्क्रमणको त्रासदी र लकडाउनपछि गरेर एक लाख ४३ हजार नागरिक यहाँका नाकाबाट घर फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।

भारतबाट घर फर्किएकामध्ये कञ्चनपुरको बेदकोट नगरपालिकाका र कैलालीको लम्की चुहा नगरपालिकाकाका एक÷एक जनामा कोरोनाका सङ्क्रमण देखिएको छ । दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । दार्चुलाको सीमावर्ती भारतीय बजार धारचुलादेखि कञ्चनपुरको टनकपुर हँुदै बनवासासम्म गरी करिब एक हजार १०० भन्दा बढी नेपाली त्यहाँ क्वारेन्टाइनमा बसिरहेका छन् ।रासस

Leave a Reply