यसकारण अझै लम्बिन सक्छ ‘लक डाउन’, धैर्य बनौँ

काठमाडौं – नेपालमा कोरोना संक्र’मण नफैलिनुको मुख्य कारण लक डाउन हो । सरकारको यो कदमलाई हामी आम नागरिकले बुझ्नुपर्छ कि, यो लक डाउन हाम्रै लागि हो । तसर्थ घरभित्र बसौं । छिमेकी देश भारतमा जहिलेसम्म लक डाउन हुन्छ वा जहिलेसम्म भारतमा कोरोना संक्र’मण सकिदैन, तबसम्म हामीले लक डाउन गर्नुको बिकल्प छैन ।

हामीहरु मानसिक रुपमा तयार हुनुपर्छ कि, लक डाउन जति लामो समय पनि जान सक्छ । त्यसैले अनाबश्यक रुपमा घरभित्र भोजभतेर नगरौं। मितव्ययिता अपनाएर खाध्य पदार्थ संचय गरौँ । घरभित्रबाट गर्न सकिने वा मिल्ने काम गरौँ ।

हाम्रो देशको स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मीको संख्या, अस्पतालको क्षमता, आइसीयु र भेन्टिलेटरको संख्या निकै कम छ । कोरोना संक्र’मण भएर यदि हामी अस्पताल बस्नुपर्यो भने त्यो बिकराल अवस्था हुनेछ । बिकसित देशमा त त्यो हालत छ भने हाम्रो देशमा कोरोना संक्र’मण फैलियो भने अकल्पनीय हुन्छ ।

हाम्रो हातमा अस्पताल बस्नुको बिकल्प छ । त्यो हो एक छाक खाएर भएपनि घरभित्र बस्ने, सरसफाई गर्ने, सरकारले लक् डाउनलाई निकै कडा बनाउने , खास गरेर बिहान / बेलुकामा लक डाउन उल्लङ्घन ब्यापक भएको छ, त्यसलाई नियन्त्रण गर्ने ।

सिमाना बाट एकजना पनि छिर्न नदिने । सिमानामा सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गर्ने । सिमानाका स्थानीयलाई प्रशिक्षित गर्ने, उनीहरुसंग सहकार्य गर्ने।

चिनिया मोडेल अपनाएर कडा लक डाउन, संक्र’मित क्षेत्रको शिलबन्दी तथा कोरियन मोडेल अपनाएर ब्यापक परिक्षण र आइसोलेसन गरेमा हामी नेपाली कोरोनाबाट बच्नेछौँ । सबैले आफ्नो क्षेत्रबाट कोरोना रोकथामको लागि सक्रिय बनौं ।

Leave a Reply